आगामी तीन दिन बर्षाद र हिमपात हुने, मौसम पूर्वानुमान सहित

नेपालमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव देखिएसँगै बर्षाद र हिमपातको संम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

नेपालको पश्चिमी ,मध्य भू–भागमा र पुर्वी पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहने मौसम विज्ञान विभागले अनुमान गरेको छ । देशका केही भूभागमा हल्का देखि मध्यम वर्षाद साथै मध्य र पश्चिमका उच्च पहाडी तथा हिमाली भेगमा मध्यम देखि भारी हिमपातको सम्भावना रहेकोले चिसोबाट बच्नु हुन सर्वसाधारणलाई विभागले अनुरोध गरेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

माघ २ गते (बिहिबार)

दिउँसो ः देशको मध्य तथा पश्चिमी भू–भाग लगायत पुर्वी पहाडी भू–भागमा सामान्य बदली रही बाँकि भू–भागमा आंशिक बदली रहनेछ । मध्य तथा पश्चिमी भू–भागका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुने देखिन्छ भने पश्चिमी तथा मध्यका उच्च पहाडीरहिमाली भेगका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

राती देशको मध्य तथा पश्चिमी भू–भागमा सामान्य देखि पुर्ण बदली रही पुर्वी भू–भागमा आंशिक देखि सामान्य बदली रहनेछ । मध्य तथा पश्चिमका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुने देखिन्छ भने पुर्वी पहाडी भू–भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको।मध्य तथा पश्चिमी उच्च पहाडी तथा हिमाली भेगका केही स्थानहरुमा भारी हिमपातको सम्भावना रहेको छ भने पुर्वका उच्च पहाडी तथा हिमाली भेगमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।
माघ ३ गते (शुक्रबार)
दिउँसो देशको मध्य तथा पुर्वी भू–भागमा सामान्य देखि पुर्ण बदली रहनेछ साथै पश्चिमी भू–भागमा आंशिक देखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ । मध्य तथा पुर्वी उच्च पहाडी तथा हिमाली भेगका केही स्थानहरुमा भारी हिमपातको सम्भावना रहेको छ भने पश्चिमी उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

राती देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशका थोरै स्थानहरुमा हल्का बर्षा हुने देखिन्छ भने उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानहरुमा हल्का हिमपातको संभाबना रहिको छ ।

माघ ४ गते (शनिबार)
दिउँसो देशको पश्चिमी भू–भागमा सामान्य बदली रहि बाँकि भू–भागमा आंशिक बदली रहनेछ। पश्चिमी भू–भागका थोरै स्थानहरुमा हल्का वर्षा हुने देखीन्छ भने पश्चिमी उच्च पहाडी तथा हिमाली भेगका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

राती देशभर आंशिक बदली भई देशका एक दुई स्थानमा हल्का बर्षा हुन सक्ने संभावना रहेको छ ।

गोरखापत्रबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *