‘विपद् व्यवस्थापनका लागि पूर्वतयारीमा विशेष ध्यान दिनुपर्छ’: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि प्रकारको विपद् न्यूनीकरण र सामना गर्न पूर्वतयारी कार्यमा विशेष ध्यान दिनुपर्ने बताउनुभएको छ । प्रधानमन्त्री ओलीले प्रदेश र स्थानीय तहमा विपद् व्यवस्थापनका लागि आवश्यक जनशक्ति, संरचना र योजना तर्जुमा गरी सरकारले प्रभावकारी कार्यान्वयन गरिरहेको बताउनुभएको छ ।
उहाँले २२औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसका सन्दर्भमा सन्देश दिनुहुँदै समाजको जीवनपद्धतिलाई नै विपद् व्यवस्थापनको तयारी र त्यससँग जुध्न सक्ने बनाउनु जरुरी रहेको बताउनुभएको छ ।
उहाँले सन्देशमा भन्नुभएको छ, “जनसमुदायलाई भूकम्प प्रतिरक्षाका लागि सजग र तत्पर बनाउने तथा यसबाट हुने जनधनको क्षतिसम्बन्धी दुःखद अनुभवलाई विस्मृतिमा जान नदिने हाम्रो उद्देश्य छ । ” उहाँले २०७२ सालको भूकम्पबाट पुगेको क्षति र त्यसपछिको पुनःनिर्माणका अनुभव तथा ज्ञानलाई आत्मसात् गर्दै भूकम्पबाट उत्पन्न हुने जोखिम न्यूनीकरणका दिशामा सरकार अग्रसर रहेको बताउनुभएको छ ।
उहाँले भन्नुभएको छ, “यतिखेर हामी भूकम्प प्रभावित जनताका सुरक्षित आवास, विद्यालय, बस्ती हुँदै सुरक्षित मुलुक निर्माणको अभियानमा छौँ । पुनःनिर्माण अभियान गन्तव्य नजिकै पुगेको सुसङ्केत गरिरहेको छ । ” उहाँले पुराताŒिवक सम्पदाहरूको परम्परागत मौलिकता कायम राख्दै दिगो तथा भूकम्पबाट अधि(कतम सुरक्षित हुने तवरले पुनःनिर्माण अघि बढाएको बताउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *