काेहलपुर नगरपालिका वडा नं. १२ का अध्यक्ष खड्काकाे शव छिमेकी भारतकाे बहराज जिल्लामा फेला पर्याे

बाँके । बाँकेको काेहलपुर नगरपालिका वडा नं. १२ का वडा अध्यक्षकाे शव छिमेकी देश भारतकाे बहराज जिल्ला सदरमुकाममा रहेको शंकर हाेटलमा मृत अवस्थामा फेला परेको छ ।
वडा अध्यक्ष कृष्णबहादुर खड्काकाे शव बहराज जिल्लामा फेला परेको विभिन्न स्रोतबाट थाहा भयाे, त्यसका लागि भारतीय प्रहरीले पनि अनुसन्धान गर्दछ । यदि उहाँको हत्या भएको भए नेपाल प्रहरीले पनि अनुसन्धान गरि कार्वाहीकाे दायरामा ल्याउने बाँकेका प्रहरी प्रमुख वीरबहादुर वलीले  जानकारी दिनु भयो ।
वडा अध्यक्ष खड्काकाे शव नेपाल ल्याउनका लागि पहल भईरहेकाे नगपालिकाका सल्लाहकार कुलबहादुर भट्टराईले जानकारी दिनु भयाे ।
उहाँको शव नेपाल ल्याउका लागि नेकपा बाँकेका सचिव अशोक काेईरालाकाे नेतृत्वमा नेकपाका नेता र परिवारका सदस्य भारत जाँदै हुनुहुन्छ । मृतक खड्का तीन छाेरी र तीन छारो रहेको नेकपाका नेता बसन्ती अधिकारीले जानकारी दिनु भयाे ।
भट्टराईका अनुसार वडा अध्यक्ष खड्का हिजो मंगलबार नगरसभामा समेत उपस्थित नहुनु भएको जानकारी दिनु भयो । उहाँको कसरी र कसैले बहराज लगेको हाे प्रहरीले यस बारे भारती प्रहरीको सहयोगमा अनुसन्धान गरिएको प्ररहरी प्रमुख  वलीले जानकारी दिनु भयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *