दोस्रो अन्तर वडा स्तरीय क्रिकेट प्रतियोगिता हुँदै

माघको पहिलो साताबाट नेपालगन्जमा हुन लागेको दोस्रो अन्तर वडा स्तरीय क्रिकेट प्रतियोगितामा प्रथमलाई २ लाख उपबिजेता १ लाख पाउने छन् । प्रतियाेेेगितामा   पार्टनरका रुपमा एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिस जोडिएको छ ।
आईतवार क्लवका सचिव राम श्रेष्ठ र एक्सपर्टका नेपालगन्जका व्रान्च म्यानेजर ईश्वरी प्रसाद आचार्य विच सम्झौता पत्रमा हस्ताक्षर भएको प्रतियोगिता संयोजक तरुण बज्राचार्यले जानकारी दिनु भयो । प्रयोजन रकम भने खुलाइएको छैन् ।
एक्सपर्टले अष्टेलियामा अध्ययन र रोजगारको लागि पठाउने गर्दछ । नेपालगन्जमा यहि पुष २५ गते बाट हुने भनिएको यस क्षेत्रकै सर्वाधिक राशिको दोस्रो अन्तर वडा स्तरीय क्रिकेट प्रतियोगिताका वर्षाका कारण केहि दिनको लागि सारिइएको थियो । आयोजनाले प्रतियोगिता स्थलमा सचिवालय समेत स्थापना गरिएको छ । मंगल प्रसाद माबी मा पिच निमार्ण तथा खेल स्थल सरसफाइ र प्याराफिट निर्माण कार्य सकाएको आयोजक क्ल्ब का अध्यक्ष विष्णु अर्यालले जानकारी दिनु भयो । यो बर्ष प्रत्येक खेलाडीको बिमा हुनेछ । प्रतियोगिता लाई भव्य रुपमा सम्पन गर्नले कुनै कसुर बांकी नराख्ने अध्यक्ष अर्यालले जानकारी दिनु भयो ।
प्रतियोगितालाई बांके जिल्ला क्रिकेट संघले प्राबिधिक सहयोग गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *