समावेशी प्यानललाई `चाचा´ जीकाे आर्शिवाद

बाँके । नेपालगञ्ज उद्योग वाणिज्य संघको आगामी माघ ११ गते हुने निर्वाचनका लागि आज शनिवार समावेशी प्यानलका उम्मेदवारले संयौ समर्थक मतादाताका बीच उम्मेदवारी दर्ता गर्यो । उम्मेदवारी दर्ता पछि अध्यक्ष पदका उम्मेदवार अब्दुल वाहिद मन्सुरी चुन्ना लगायत उम्मेदवारले नेपालगञ्जको पत्रकारिता र समाजिक क्षेत्रका सम्मानित व्यक्तित्व पन्नालाल गुप्ता चाचासंग आर्शिवाद लिएका छन् ।

उम्मेदवारी सके लगत्तै समावेशी प्यानलका उम्मेदवार चाचाको घर पुगेको थियो । त्यहाँ पुगेपछि उम्मेदवार र चाचाबीच भलाकुसारी भयो भने उम्मेदवारले चाचाको स्वास्थ्य अवस्थाका बारेमा जिज्ञासा राखेका थिए । अध्यक्ष पदका उम्मेदवार चुन्ना लगायत सबै उम्मेदवारलाई चाचाले आर्शिवाद दिनुभयो ।

चाचा प्रेस स्वतन्त्रता सेनानी हुनुहुन्छ । बयोबृद्ध उमेरमा समेत उहाँले सक्रिय पत्रकारिता गर्नुभएको थियो । ‘नेपालगञ्जको सम्मानित व्यक्तित्व हुनुहुन्छ चाचा । उहाँको आर्शिवाद लिएर निर्वाचनमा होमिएका छौं ।’– अध्यक्ष पदका उम्मेदवार चुन्नाले भन्नुभयो,‘उहाँले शिरमा हात राखेर आर्शिवाद दिनुभएको र उद्योगी, व्यवसायीको हितमा लाग्न प्रेरित गर्नुभएको छ । समावेशी प्यानलका उम्मेदवारले आजै उम्मेदवारी दर्ता गरेका छन् । उपाध्यक्ष (वाणिज्य) तर्फ ज्ञानेन्द्र श्रेष्ठ, उपाध्यक्ष (उद्योग) तर्फ आदेश अग्रवालले उम्मेदवारी दर्ता गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *