‘चुन्ना’ नेतृत्वको उम्मेदवारी दर्ता


बाँके । नेपालगञ्ज उद्योग वाणिज्य संघको आगामी आगमी नेतृत्वका लागि अब्दुल वाहिद मन्सुरी ‘चुन्ना’ नेतृत्वको टिम आज शनिबार उम्मेदवारी दर्ता गराउनुभएको छ । संघको वर्तमान उपाध्यक्ष रहेका चुन्नाले अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका हुन । संघको निर्वाचन आमगी माघ ११ गते हुने भएको छ ।

चुन्ना नेतृत्वमा उपाध्यक्ष ज्ञानेन्द्र श्रेष्ठ, (वाणिज्य) अर्का उपाध्यक्षमा आदेश अग्रवाल (उद्योग) उम्मेदवारी दर्ता गराएका छन । चुन्ना समूहबाटै सदस्यमा चिरञ्जीवी ओली, धर्म अर्याल, बिजय भण्डारी ‘बासु’, जहाँगिर मुसलमान, सुनिल बानिया ‘पप्पु’, मन्दिरा पाण्डे, भिम रानाभाट, टंक धामी, अब्दुल वाहिद अन्सारी, श्यामसुन्दर अधिकारी, हरिलाल न्यौपाने, राजेश बैश्यले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

उम्मेवारी दर्ताका लागि समावेशी प्यानलको सचिवालय न्यूरोडबाट जुलुससहित बाणिजय संघको कार्यालय पुगेर चुन्ना समूहले उम्मेदवारी दर्ता गराउनुभएको हो । जुलुसको नेतृत्व बाणिज्य संघका बर्तमान अध्यक्ष नन्दलाल बैश्य, पूर्ण अध्यक्ष तथा बर्तमान केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ, पुर्ब अध्यक्ष दामोदर आचार्य लगायत उद्योगी ब्यवसायी सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *