ढकाललाई कानुन र बास्कोटालाई शहरी विकास मन्त्रालयको थप जिम्मेवारी

राष्ट्रपति विद्यादेवी भण्डारीले स्वाथ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल र सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटालाई थप मन्त्रालयको जिम्मेवारी तोक्नुभएको छ ।
मन्त्री ढकाललाई कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय र मन्त्री बाँस्कोटालाई सहरी विकास मन्त्रालयका कार्यभार सम्हाल्ने गरी जिम्मेवारी तोक्नु भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
यस अघि संघीय समाजवादी पार्टीका दुई मन्त्रीहरूले पदबाट राजीनामा दिए पछि ती मन्त्रालयहरूको जिम्मेवारी प्रधानमन्त्रीले सम्हाल्दै आउनु भएकोमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति भण्डारीले उहाँहरूलाई थप जिम्मेवारी तोक्नुभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *