विपतका लागि आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

बाँकेकाे डुडुवा गाउँपालिकाको वडा नम्बर ३ मा स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना गरिएको छ । नेपाल रेडक्रस सोसाइटी बाँके, विश्व खाद्य कार्यक्रम र डि.डि.एम.सि बाँकेको सयुक्त सहयोगमा स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना गरिएको हो ।
बाँके जिल्लाअन्तर्गत डुडुवा गाउँपालिका प्राकृतिक विपतको दृष्टिकोणले अत्यन्त विपत क्षेत्रपर्ने भएकाले डुडुवा गाउँपालिकामा उक्त केन्द्र स्थापना गरिएको डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनु भयो । डुडुवा गाउँपालिकाको बनकट्टी, हिरिमिनिया, बेतहनी र होलिया क्षेत्र विपद् क्षेत्रमा पर्ने गर्दछ । यो क्षेत्रमा वर्षा मौसममा बाढीले धेरै प्रभाव पार्ने गरेको छ । बाढीसँगै आगलागीले डुुडुवाको जनता प्रभावित हुदै आएको अध्यक्ष चौधरीले बताउनु भयो ।

आइतबार विशेष कार्यक्रम गरी बाँकेका प्रमुख जिल्ला अधिकारी तथा डि.डि.एम.सि बाँकेका अध्यक्ष कुमारबहादुर खड्काको प्रमुख आतिथ्यतामा केन्द्रको उद्घाटन गरियो । कार्यक्रममा बोल्दै खड्काले आठवटै स्थानीय तहलाई विपत व्यवस्थापनमा जोड्न सके विपतका बेला काम गर्न सजिलो हुने बताउनु भयो । स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापनामा डुडुवा गाउँपालिका दोस्रो भएकोले यस्ता कार्यलाई निरन्तरता दिनु पर्ने प्रमुख जिल्ला अधिकारी खड्काले सुझाव दिनु भयो ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला सभापति गोवद्र्धनसिंह सम्झनाले स्थानीय तहमा विपतका बेला काम गर्न सहयोग गर्ने बताउनु भयो । विपतका बारेमा केन्द्रसम्म सूचना तथा जानकारी पु¥याउन आपतकालिन केन्द्रले धेरै महत्वपुर्ण भुमिका निर्वाह गर्ने सम्झनाले बताउनु भएको छ ।
रेडक्रसले स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्रलाई सञ्चालन गर्नका लागि २० थान लाइफ ज्याकेट, टेबलकुर्ची, इन्भटर, एलइडीलगायतका सामाग्री उपलब्ध गराएको छ । उक्त सामाग्री प्रमुख जिल्ला अधिकारी खड्का र रेडक्रसका जिल्ला सभापति सम्झनाले संयुक्त रुपमा गाउँपालिका अध्यक्ष चौधरीलाई प्रदान गर्नु भएको थियो । वर्षातको समयमा केन्द्रमा पानीको सतहलाई एलसिडिको माध्यामबाट हेर्न मिल्नेछ । हाल गाउँपालिकाले आपतकालिन केन्द्रमा एकजना कर्मचारीको व्यवस्था गराएको चौधरीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *