जानकी मन्दिरमा पाँच दिने मेला सुरू

बाँके । जानकी गाउँपालिका वडा नं. ४मा रहेको जानकी मन्दिरमा आज देखि पाँच दिन सम्म संचालन हुने मेलाकाे उदघाटन गरिएको छ ।
मेलाको उदघाटन प्रदेश ५ का सांसद बाबुराम गाैतमले एक समारोहबीच उदघान गर्नु भएको हाे । मेलामा छिमेकी मुलुक भारतका विभिन्न स्थानबाट साधु सन्तहरूकाे उपस्थित रहेकाे छ । मेलामा शुभकामना व्यक्त गर्दै धर्मकाे मर्यादा र संस्कार संरक्षणमा सबै पक्षको सहयोग अनिवार्य रहेको सांसद गाैतमका भनाइ छ । हामीले संस्कार र संस्कृतिकाे विकासमा याेगदान दिनु पर्ने गाैतमले बताउनु भयो ।

जंगली बाबाकाे आश्रम समेत रहेको याे स्थानमा सत्य र अधिक धार्मिक आस्था भएको स्थानकाे भनाइ छ।मेलालाई भव्य रूपमा सम्पन्न गर्नका लागि सबै राजनीतिक दल, समाजसेवी र नागरिककाे सहभागी रहेको अायाेजकले जानकारी दिए ।

मेला उदघाटनमा नेकपाका गाउँपालिका कमिटी अध्यक्ष पदम धिताल, नेकाका लक्ष्मीनारायण शाह, जगदम्बा पाठकले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रम जानकी गाउँपालिका उपाध्यक्ष भुमिसरा धिताल, प्रमुख प्रशासकीय अधिकृत हरि खत्री लगायत वडा अध्यक्षहरूकाे पनि सहभागीता रहेको थियो । कार्यक्रम समाजसेवी केदार श्रेष्ठको अध्यक्षमा सुरूवात भएको थियोे । मेलामा साधु सन्तहरूले भजन गर्ने र जागाराम बस्ने गर्दछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *