जीवन ज्याेतीमा विद्यार्थी र अभिभावकबीच अन्तरक्रिया

 

बाँकेको काेहलपुरमा रहेको जीवन ज्याेती विद्यालयले युवा र अभिभावकबीच  आईतबार अन्तरक्रिया कार्यक्रम गरेको छ ।

कारितास नेपालकाे सहयोगमा कक्षा ६ मा अध्ययनरत बिद्यार्थी र अभिभावकले खुलेर कक्षा काेठा देखि घरपरिवारमा भाेगेका समस्या, आवश्यकता र चहानाका विषयमा छलफल गरेका थिए । कार्यक्रममा विपन्न परिवारका युवा र अभिभावकले समेत आफ्नो समस्या र चहानाका विषयमा गहन अन्तक्रिया गरेका थिए ।

बिद्यालयका प्रन्सिपल जाेमन जेम्सले विद्यालय र घर एकै भएको बताएदै सबैले सिक्ने र सिकाउने कार्यमा अभिभावक र शिक्षकले हातेमालो गरेर सिकाई विधिमा विद्यार्थीलाई सहयोग गर्नु पर्ने बताउनु भयाे । कारितासका कार्यक्रम अधिकृत ऋषि शर्माले युवा वर्गका चहाना र आवश्यकता परिपुर्ति गर्ने राज्यको भएपनि आफुहरूले सहयोगीकाे भुमिका गरेको बताउनु भयो ।

एकदिने अन्तक्रिया कार्यक्रममा करिब १ सय युवा बिद्यार्थी र अभिभावककाे सहभागीता रहेको थियो । अन्तक्रिया कार्यक्रमकाे सहजीकरण डिल्ली बिसीले गर्नु भएको थियोे  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *