आजबाट हिउँदे अधिवेशन सरू

सङ्घीय संसद्को हिउँदे अधिवेशन आज देखि सुरु हुँदैछ । हिउँदे अधिवेशनलाई विधेयक अधिवेशनका रूपमा पनि लिइन्छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार दिउँसो २ः०० बजे दुवै सदनको बैठक आह्वान गर्नुभएको छ ।
हिउँदे अधिवेशनमा प्रतिनिधि सभाको प्रमुख कार्यसूची नै सभामुख चयन छ । असोज १४ गते तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा दिनुभएपछि स्थान रिक्त छ । शुक्रबारको पहिलो बैठक भने उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले सञ्चालन गर्नुहुनेछ ।
संविधानको धारा ९१ (४) को व्यवस्थाअनुसार सभामुखको अनुपस्थितिमा उपसभामुखले बैठक सञ्चालन गर्नुहुनेछ । सभामुख तथा उपसभामुख दुवैको स्थान रिक्त रहेको अवस्थामा भने ज्येष्ठ सदस्यबाट बैठक सञ्चालन गर्नसक्ने संवैधानिक व्यवस्था छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *