एकल, शारीरिक अशक्त र दलित महिला उद्यमीका स्टललाई शुल्क नलाग्ने


बाँके । नेपाल घरेलु तथा साना उद्योग महासंघ नेपालगन्ज उपमहानगर नगरसमिति र महिला उद्यमी समितिको संयुक्त आयोजनामा आगामी पुस ११देखि २१ गतेसम्म नेपालगन्जको सडक विभाग परिसरमा मेहनत सृजना उत्पादन र बस्तुः मेरै नेपालको भन्ने मूल नाराका साथ “दोस्रो प्रादेशिक औद्योगिक लघु घरेलु तथा कृषि प्रविधि व्यापार एंव पर्यटन महोत्सव २०७६” आयोजना हुँदै छ ।

उक्त महोत्सवमा एकल, फरक शारीरिक क्षमता भएका, दलित महिला उद्यमीको उत्पादनको स्टल निःशुल्क राख्न दिने महोत्सव मूल आयोजक समिति संयोजक रचना श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार आफ्नै उत्पादन बिक्री गर्न चाहाने उद्यमीलाई प्रोत्साहन गर्न निःशुल्क स्टल दिने व्यवस्था गरिएको हो ।
मुल आयोजक समिति उपसंयोजक मिना सुवेदी ढकालले प्रक्रिया पुरा गरेर स्टलका लागि आउन आग्रह गर्नुभएको छ । उहाँका अनुसार, यस क्षेत्रको घरेलु तथा लघु उद्योगको संरक्षण, विकास तथा उनीहरुको उत्पादनलाई बजारीकरण गर्ने मुख्य उद्देश्य सहित आयोजना गर्न लागिएको महोत्सवले भ्रमण वर्ष २०२० सफल बनाउने आशा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *