भेरी अस्पतालको स्तारोउन्नती गरिनेः स्वास्थ्य राज्यमन्त्री रावत


बाँके । भेरी अस्पतालको स्तारोउन्नती अनिवार्य गर्नु पर्ने स्वास्थ तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले बताउनु भएको छ । आज नेपालगन्जमा प्रेस संगठनले आयोजित गरेको पत्रकार भेटघाट कार्यक्रम राज्यमन्त्री रावतले सो कुरा बताउनु भएको हो । प्रदेश नं. ५ साविकका राप्ती र भेरीका जिल्लाका साथै कर्णाली र सुदूरपश्चिमका नागरिकको स्वास्थ्य सेवा दिदै आएको भेरी अस्पतालको सेवा र पूर्वाधारमा बृद्धि गरिने बताउनु भएको छ ।
राज्यमन्त्री रावत मन्त्रालयको जिम्मेवारी पाएपछि पहिलो पटक नेपालगन्ज आउनु भएको हो । उहाँले कस्तो र कुन प्रकारको सेवा र पूर्वाधारको बृद्धि गर्नु पर्ने हो त्यसको गहन अध्ययनका आधारमा उहाँले सरकारले लगानी गर्ने बताउनु भयो । देशकै पुरानो अस्पतालमा पर्ने भएकोले मात्रै नभएर राजनीतिक विभाजन भन्दा सेवाले तीन प्रदेशका नागरिकलाई सेवा दिने अस्पतालको सेवा बृद्धि गर्नु अनिवार्य जस्तै भएको बताउनु भयो ।
राज्यमन्त्री रावतले स्वास्थ तथा जनसंख्या मन्त्रालयले कर्मचारी व्यवस्थापन र स्वास्थ्य सेवा विशेष ध्यानका दिएको बताउदै नागरिकको स्वास्थ्य सेवा प्रदानमा सबै पक्षको गहन अध्ययन गरिरहेको र अबको केही दिनमा कर्मचारी व्यवस्थापन र सेवा अझै प्रभाकारिताका साथ काम गर्ने बताउनु भयो । सुगुम र सजिलोमा बस्ने सबैका चहान हुन्छन तर अब कोही दशकौं एकै स्थानमा बस्न पाउने र कोही भौगोलिक विकटमा बसिरहनु पर्ने परम्पराको अन्त्य हुने बताउनु भयो । उहाँले हिमाल र भौगोलिक विकटमा स्वास्थ्यकर्मी समेत नबस्ने यस्तो गलत परम्पराको छिट्टै अन्त्य हुने बताउनु भयो ।
आजै राज्यमन्त्री रावतले भेरी अस्पतालको अनुगमन र कर्मचारीसँग सुझाव समेत दिनु भएको थियो । सोमबारे खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको अबलोकन गर्नु भएको थियो । सोमबार अस्पतालको अवलोकनका क्रममा राज्यमन्त्री रावतले अस्पतालको समस्या समाधान गर्न पहल गर्ने बताउनु भयो । जनशक्ति अभावलाई पूरा गरिने प्रतिबद्धता व्यक्त गर्दै उहाँले क्यान्सर अस्पतालको मन्त्रालयमा रोकिएको फाइल आफैले खोजेर काम गर्ने बताउनु भयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *