नेकपा बाँकेले काेहलपुर घटनामा संयमता अपनाउन आग्रह

नेपाल कम्यूनिष्ट पार्टी नेकपाले कोहलपुर घटनामा संयमता अपनाउन सबै पक्षलाई आग्रह गरेको छ । आईतबार बेलुका विज्ञप्ती जारी गर्दै नेकपा बाँकले सबैलाई धर्यता उपनाउन आग्रह गरेको हो ।

नेकपा बाँके जिल्ला सचिव अशोक कोईरालाद्धारा जारी गरीएको बिज्ञप्तीसमा भनिएको छ, ‘सडक दुर्घटना पछि विकसित भएको घटना क्रमलाइ शान्ति सद्भावमा परिणत गर्नका लागि पीडित परिवार एवं सम्बन्धित सबै पक्षलाई अग्रह गर्दै विद्यालय र सार्वजनिक स्थल जस्तो संवेदनशिल क्षेत्रप्रति सम्बन्धित सबै पक्षमा संयमता अपनाउन अनुरोध गर्दछौ ।’

साथै विज्ञप्ती मार्फत दुर्घटनाका घाईतेहरुको स्वास्थ्यलाभको कामना गर्दै घटनाको सत्य तथ्यलाई छानबिन गरी दोषीमाथि कार्वाही र घाईतेलाई क्षतीपूर्तिको माग समेत गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *