शिक्षा नीतिमानै त्रुटी छ: मन्त्री बराल

बुटवल । धरातलीय आवस्यकताका आधारमा नीति नबनाउदा शिक्षामा अपेक्षाकृत उपलब्धि प्राप्त गर्न नसिएकाे प्रदेश नं.५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले बताउनु भएको छ ।

सार्वजनिक शिक्षा सुदृढीकरणका लागि दुई दिने प्रादेशिक सम्मेलन उदघाटन गर्दै बुटवलमा उहाँले साे कुरा बताउनु भएको हाे । मन्त्री बरालले शिक्षा नीति नेपालकाे परिवेरस, स्थानीय आवश्यकता र माग अनुसारकाे नीति नभएर शिक्षाविद्का अनुभवले नीति बनाउदा शैक्षिक जनशक्ति वेराेजगार हुनु परेको बताउनु भयाे ।

मन्त्री बरालले आफु मन्त्री भएपछिकाे अनुभव सुनाउदै अहिलेसम्म बिदेशीकाे रेडिमेड कुरा नेपालमा लागू गर्ने परम्पराले गर्दा उपलब्धि नभएको सुनाउनु भयो । समय र परिस्थिति अनुसारकाे शिक्षकको क्षमता विकास गरिने उहाँले बताउनु भयो ।

मन्त्री बरालले शिक्षामा नीतिमा भएको नीतिगत त्रुटीका कारण नै व्यवहारमा कार्यान्वयनमा समस्या रहेको बताउनु भयाे । संघीय शिक्षा मन्त्रालयले समेत शिक्षा नीति बुद्धामा शिक्षा नीति  प्रकाशित गर्दा आफुले काम गर्दा अप्ठ्यारो भएको बताउनु भयो ।

 

सम्मेलनमा प्रदेश नं. ५ र सुदूरपश्चिम प्रदेशका १ सयभन्दा बढी सहभागी र शिक्षाविद्का साथै प्रदेश सरकार र स्थानीय सरकारका प्रतिनिधिकाे सहभागीता रहेको छ ।

सम्मेलनकाे अायाेजना एक्सनएड नेपाल र सामाजिक स्रोत विकास केन्द्र,पाल्पाको अायाेजनामा सुरु भएको सम्मेलनमा एक्सनएड नेपालका निर्देशक सुजिता माथेमाले सरकारकाे नीति कार्यान्वयनका लागि नियतिमा प्रष्टता हुन अावश्यक रहेको बताउनु पर्दछ । उहाँले सरकारकाे लगानी अनुसारको प्रतिफल प्राप्तिका लागि विद्यालय परिवार सबै समान जिम्मेवारी रहेको बताउनु भयाे ।
व्यक्ति, समुदाय र सराेकारवाला पक्षले विद्यालयकाे सुशासन देखि प्रतिफल सम्मकाे प्रक्रियामा समान याेगदान दिनु पर्ने बताउनु भयाे ।
कार्यक्रममा मन्त्रालयका पदाधिकारी, शिक्षाविद् विद्यानाथ काेईराला, सांसद, गाउँपालिका अध्यक्ष, नगरपालिका मेयर, उपमेयर, गैरसरकारी संस्थाका प्रतिनिधिकाे सहभागी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *