आज काेहलपुर क्षेत्रका संस्थागत विद्यालय बन्द

बाँकेको कोहलपुर क्षेत्रमा रहेका सम्पूर्ण संस्थागत विद्यालय आज बन्द गरिने भएको छ । आईतबारको घटनालाई मध्यनजर गर्दै सोमबार सम्पूर्ण शैक्षिक संस्था बन्द गर्ने निर्णय गरिएको क्रिशा बाँकेका अध्यक्ष शिव प्रसाद डाँगीले जानकारी दिए । क्रिशाका अध्यक्ष डाँगी, प्याब्सन कोहलपुरका अध्यक्ष यम रावत र नेपाल प्याब्सनका कोहलपुर अध्यक्ष बेग प्रकाश चन्दको संयुक्त हस्ताक्षरमा जारी गरिएको एक विज्ञप्तीमा सोमबार शैक्षिक संस्था बन्द गर्ने उल्लेख गरीएको छ ।

आईतबार स्थानीय त्रिभुवन उच्च माविमा अध्ययनरत छात्रालाई ट्रकले कुल्चीएको थियो । घटनालगत्तै आक्रोशित भएका विदार्थीहरुले कोहलपुरमा आन्दोलन गरेका थिए । आन्दोलनका क्रममा विद्यालय बोकेका सवारी साधनमा समेत तोडफोड गरीएको भन्दै विज्ञप्तीमार्फत गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *