काेहलपुरका घाइतेलाई सरकारले हेलिकोप्टर मार्फत काठमाण्डौं उपचार गर्न लग्यो

कोहलपुरमा आज भएको दुर्घटनाका घाईतेलाई थप उपचारकालागि काठमाण्डौं रिफर गरीएको छ । दुर्घटनामा गम्भीर घाईते भएकी कोहलपुर नगरपालिका वडा नं. १० कि बालिका प्रकृती चन्दलाई थप उपचारकालागि काठमाण्डौं रिफर गरिएको हो । चन्दसँगै अन्य दुई जनालाई सरकारले सेनाको हेलिकोप्टर मार्फत काठमाण्डौं लगिएको हो । उनिहरुको नेपालगन्ज शिक्षण अस्पताल कोहलपुरमा उपचार भईरहेको थियो ।

आईतबार विद्यालयतर्फ जार्दै गरेकी एक छात्रालाई ट्रकले किचेको थियो । कोहलपुर वडा नं. १० मा रहेको त्रिभुवन माविमा अध्ययनरत छात्रा चन्दलाई कोहलपुरबाट नेपालगन्ज जाँदै गरेको ना २ ख ९४५९ नम्बरको ट्रकले किचेको थियो । घटनामा चन्दको दुबै खुट्टा पुर्ण रुपमा पिल्सीएका छन भने उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

ट्रकले विद्यार्थी किचेपछि कोहलपुर तनावग्रस्त भएको थियो । घटनाको बिरोध गर्दैै विद्यार्थी, अभिभावक तथा स्थानियहरु आन्दोलनमा उत्रिएका थिए । आन्दोलन नियन्त्रण बाहिर गएपछि प्रहरीले चलाएको गोली लागेर दर्जन बढि विद्यार्थीहरु घाईते भएका छन भने त्यतीकै सँख्यामा प्रहरी घाईते भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

यसैबिच कोहलपुरमा आज दिनको ३ बजेबाट कर्फ्युको घोषणा गरीएको छ । अवस्था सामान्य नहुँदासम्म मुख्य सडक क्षेत्रमा कर्फ्यु लगाईने भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *