घरमै पुगेर जानकी गाउँपालिकामा अपाङ्ग दिवस

बााँकेेेेकाे जानकी गाउँपालिकाले २८ औँ अन्तर्र्रााष्ट्रय अपाङ्गता दिवसको अवसरमा फरक क्षमता भएका व्यक्तिलाई घरमै पुगेर न्यानो कपडा र फलफूल वितरण गरेको छ ।

हिँडडुल समेत गर्न नसक्ने अवस्थामा रहेका फरक क्षमताका व्यक्तिलाई दिवसको अवसरमा न्यानो कपडा र फलफूल वितरण गरिएको गाउँपालिका अध्यक्ष रामनिवास यादवले जानकारी दिनुभयो । उहाँका अनुसार, गाउँपालिकाका छ वटै वडा कार्यालयसँगको समन्वयमा फरक क्षमता भएका व्यक्तिलाई ओढ्ने न्यानो कपडा (कम्वल) र फलफूल वितरण गरिएको हो ।

गाउँपालिका उपाध्यक्ष भूमिसरा धितालले दिवसमा अपाङ्गता भएका व्यक्तिलाई प्रत्यक्ष सहयोग पुग्ने उद्देश्यका साथ न्यानो कपडा र फलफूल वितरण गरिएको बताउनुभयो ।

गाउँपालिका अन्तर्गतका सबै सार्वजनिक कार्यालय, भवन, सार्वजनिक शौचालय अपाङ्गतामैत्री बनाउँदै शिक्षा, स्वास्थ्य, रोजगारलगायतका क्षेत्रमा अपाङ्गता भएका व्यक्तिको पहुँच पुग्ने गरी विकासका योजना बनाईएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर खत्रीले बताउनुभयो ।

अपाङ्गता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवसलाई ¥याली र भाषणमा मात्र सीमित नराखेर नारा अनुसार काम गर्दै सबै प्रकारका अपाङ्गता भएका व्यक्तिको अन्य नागरिकसरह बाँच्न पाउने अधिकार सुनिश्चित गर्ने गरी कार्य गर्न गाउँपालिका प्रतिवद्ध रहेको उहाँले जानकारी दिनुभयो ।

जानकी गाउँपालिकाका छ वटा वडामा दुई सय ९६ अपाङ्ग रहेका छन् । ती मध्ये पूर्णरुपमा अपाङ्ग रातो कार्ड प्राप्त ३८ जना रहेको गाउँपालिकाका सूचना अधिकृत विकास जिसीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *