जानकीका वडा नं. १ र २ वडाका उपभोक्ता समितिलाई तालिम सम्पन्न

बाँँकेे । बाँकेकाे जानकी गाउँपालिकाले विकास तथा पूर्वाधार निर्माणका लागि उपभोक्ता समितिलाई एक दिने अभिमुखीकरण तालिम साेमबार सम्पन्न गरेको छ ।

गाउँपालिकाकाे आयाेजनामा वडा नं.१र२ मा गठित उपभोक्ता समितिका पदाधिकारीलाई अभिमुखीरणकाे तालिम दिईएकाे थियोे । कार्यक्रममा गाउँपालिका अध्यक्ष रामनिवास यादवले विकास निर्माणका काम गर्दा विनियोजित बजेट र कार्यक्रम अनुसार कुनैपनि भेदभाव र अनियमितता नगर्न अनुरोध गर्नु भयाे । विकासका काम कहिकतै अनियमितता भएको थाहा पाउन साथ तत्काल कार्वाही गर्न आफू बाध्यहुने उहाँले वताउनु भयो ।

 

जानकी गाउँपालिकाले अन्य वडामा यसभन्दा पहिले पहिले नै उपभोक्ता समितिलाई अभिमुखीकरण तालिम दिईसकेकाे छ । तालिममा प्रमुख प्रशासकीय अधिकृत हरी खत्रीले याेजना कार्यान्वयनकाे जिम्मा र लाभ लिने पनि स्थानीय बासिन्दा भएकोले निर्माणमा स्थानीयले जिम्मेवारीका साथ काम गर्नु पर्ने बताउनु भयाे ।

तालिममा वडा नं. १ का अध्यक्ष माेहमद रज्जा राई, वडा नं. २ का अध्यक्ष चन्द्रका प्रसाद गुप्ता, कार्यपालिका सदस्य राजकुमार धाेवी लगायत वडा सदस्यकाे उपस्थिति रहेको छ ।

तालिममा सहजीकरण प्रमुख प्रशासकीय अधिकृत खत्री, ईन्जिनियर निसार अहमद दर्जीले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *