जानकी वडा नं. ४मा नेकपाकाे सफथ ग्रहण सम्पन्न

नेपाल कम्ययुनिष्ट पार्टी ( नेकपा) जानकी गाउँपालिका वडा नं. ४ कमिटीका पदाधिकारी र सदस्यलाई शनिबार भव्य रूपमा कार्यक्रमकाे आयोजना गरि सफथ ग्रहण सम्पन्न भयाे ।

खजुराखुर्द नहरचाेकमा आयाेजित कार्यक्रम नवगठित वडा कमिटीका पदाधिकारी र सदस्यलाई नेकपा प्रदेश कमिटी सदस्य डम्बर बि.क. सफथ गराउनु भएको थियोे ।

नवगठित कमिटीकाे अध्यक्षमा खिमप्रकाश बिष्ट  र सचिव रामप्रकाश नेपाली  रहेको २७ सदस्यीय कमिटीका सदस्यलेे सफथ लिएका थिए ।

कार्यक्रममा प्रमुख अतिथि बि.क.ले गाउँ टाेलकाे विकास देखि समग्र देखि विकास र विचारमा अगुवा नेकपाले गरेकाेले कुनै पनि र कस्तै अवस्थामा पनि नेकपाकाे पक्षमा एकजुट भएर काम गर्न आग्रह गर्नु भएको थियोे । कार्यक्रम ।

नेकपा बाँके जिल्ला कार्यालय टिम सदस्य निरक गुरूङले विपक्षले जस्तोसुकै गलत प्रचार गरेपनि हाम्रा पार्टीको गाउँपालिका देखि केन्द्रीय सरकार सम्मकाे कामको रक्षा गर्ने जिम्मा हाे । यतिमात्रैै नभएर याे समाज परिवर्तन गर्ने जिम्मा हाम्रो हाे । जस्ता सुकै प्रतिक्रियाबादीका गलत प्रचारकाे सामना गर्ने जिम्मा हाम्रो हाे भन्नू भयाे ।

शुभकामना मन्तव्य जिल्ला कमिटी सदस्य रक्षाराम बर्मा र गाउँ पालिका कमिटी अध्यक्ष पदम धिताल व्यक्त गर्नु भएको थियो ।

सफथ ग्रहण कार्यक्रममा  जिल्ला  कमिटी सदस्य डिल्ली बि.सी., वडा नं. ३ का सचिव आबद सिद्धिकी लगाएका नेताको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *