प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेख्य सुधार


काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार आएको अस्पतालले जनाएको छ । एपेन्डिक्सको संक्रमण भएपछि प्रधानमन्त्री ओली उपचारका लागि भर्ना गरिएको थियो । उहाँको त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा मंगलबार शल्यक्रिया गरिएको थियो ।
आज बुधबार बेलुकासम्म प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेख्यीय सुधार आएको अस्पतालले विज्ञप्ति जारी गरेर जनाएको छ । उहाँलाई सघन उपचारको सम्पूर्ण व्यवस्थासहित निरन्तर निगरानीमा राखिएको पनि अस्पतालका कार्यकारी निर्देशक प्राडा. उत्तम कृष्ण श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *