नेपाल टाइगर क्रिकेट क्ल्ब सेमिफाइनलमा

कोहलपुरमा जारी स्व. लोक बहादुर थापा मगर स्मृति रनिङ शिल्ड क्रिकेट प्रतियोगितमा बुधबार भएको खेलमा नेपाल टाइगर स्पोर्ट्स क्ल्ब नेपालगन्ज सेमिफाइनल प्रवेश गरेको छ । प्रस्तावित अन्तरास्ट्रिय क्रिकेट मैदान कोहलपुर भएको खेलमा टाइगरले कोहलपुर क्रिकेट एकेडेमी बि टिमलाई १ सय १९ रनले पराजित गरेको छ ।

खेलमा टस जितेर पहिला व्याटिङ गरेको टाइगरले २० ओभरमा ५ गुमाउँदै १ सय ९१ रन बनाएको थियो । उसका लागि अमर सिंह रौटेला ३७ बलमा ४ चौका ५ छ्क्काको मद्दतले ६८ रन बनाए भने शिदान्त राज शाहीले ४१ र अजय साहनीले १८ रन जोडे । कोहलपुरका बलर समीर शाहले १ विकेट लिए । जबाफी व्याटिगमा आएको कोहलपुर क्रिकेट एकेडेमीले २० ओभरमा ७ बिकेट गुमाएर मात्र ७२ रन जोड्न सक्यो । उसका लागि असमित शाही १६,सिदार्थ सेन्चुरीले १० रन जोड्नु वाहेक अन्यले राम्रो प्रदर्शन गर्न सकेनन् । टाइगरका बलर अजय साहनि र सिद्धांतराज शाहीले २–२ विकेट लिए । खेलमा टाइगरका अमर म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगितामा बुधबार दुबै सेमिफाइनलको खेल हुनेछ । पहिलो खेलमा होलिल्याड मा बि र नेपालगन्ज क्याम्पस तथा दोस्रो खेलमा नेपाल टाइगर र कोहलपुर क्रिकेट एकेडेमी ए टिम बिच खेल हुने प्रतियोगिता संयोजक सरोबर प्रसाइले जानकारी दिनु भयो । प्रतियोगिता बाँके जिल्ला क्रिकेट संघ अध्यक्ष एवम प्रदेश नम्बर ५ अध्यक्ष दुर्गा थापाले आफ्ना स्व. बुबाको स्मृतिमा प्रायोजन गरेका हुन ।

प्रतियोगितामा होलिल्यान्ड उच्च मावि, नेपालगन्ज क्याम्पस ,नेपाल टाइगर, जेगवार स्पोर्टस क्लब, कोहलपुर क्रिकेट एकेडेमी ‘ए’ र ‘बी’ले भाग लिएका छन् । प्रतियोगिताको विजेता टोलीले नगद १ लाख १ सय, उपविजेताले ५१ हजार, म्यान अफ द सिरिजले ११ हजार, उत्कृष्ट ब्याटसम्यान र वलरले समान ५ हजार १ सय र प्रत्येक खेलको म्यान अफ द म्याचले १५ सय रुपैया पाउने आयोजक बाँके जिल्ला क्रिकेट संघका अध्यक्ष दुर्गा थापाले बताउनु भयो । प्रतियोगिता १२ गते सम्म कोहलपुर क्रिकेट मैदानमा संचालन हुने प्रतियोगिता लिग कम नकआउटका आधारमा संचालन भैरहेको छ ।

सुनिल रेग्मी, बांके

Leave a Reply

Your email address will not be published. Required fields are marked *