जानकी गाउँपालिका वडा नं ५ मा बृहत रक्तदान

जानकी गाउँपालिका वडा नं ५ ले आज बृहत रक्तदान कार्यक्रम आयोजना गरेकोे छ । वडामा विरामीलाई रगत आवश्यक पर्दा सजिलै व्यवस्था गर्नको लागि नियमित रक्तदान कार्यक्रम गर्दै आएको वडाध्यक्ष रमेशकुमार बर्माले जानकारी दिनुभयो । मङ्गलवार आयोजित रक्तदान कार्यक्रममा ५९ जनाले रक्तदान गरेका छन् ।

रक्तदान कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै गाउँपालिका अध्यक्ष रामनिवास यादवले जनताको जीउ ज्यान बचाउन अत्यावश्यक रगत आपूर्तिको लागि रक्तदान कार्यक्रम गरेरे वडा कार्यालयले उदाहरणीय कार्य गरेको बताउनुभयो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर खत्रीले अन्य वडा पालिकाले पनि नियमित रुपमा रक्तदान कार्यक्रम सञ्चालन गर्न सके जनतालाई चाहिएको बेला रगत उपलब्ध गराउन सजिलो हुने बताउनुभयो ।

कार्यक्रममा गाउँपालिका, वडापालिका र स्थानीयवासीले रक्तदान गरेको वडाध्यक्ष बर्माले बताउनुभयो । रक्तदान कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिईने उहाँले जानकारी दिनुभयो । रक्तदान कार्यक्रमको उद्घाटन समारोहमा नेकपा जानकी गाउँपालिका कमिटी अध्यक्ष पदम धिताल, समाजसेवी माधवराम बर्मा, जुलफिकार मनिहार लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *