जानकीकाे केन्द्र मानपुरमा स्थापना गर्न प्रदेश सरकारकाे सिफारिस

प्रदेश नं. ५ मन्त्रीपरिषदकाे आज बसेकाे बैठकले बाँकेको जानकी गाउँपालिकाको केन्द्र परिवर्तनका लागि संघीय सरकारलाई सिफारिस गरेको छ ।

जानकी गाउँपालिका–४ खजुराबाट वडा नम्बर ३ मानपुरमा केन्द्र सार्न सिफारिस गरिएको प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरीले जानकारी गराउनु भयो  । गाउँ पालिका केन्द्र स्थापनाका लागि जानकी गाउँ पालिकाकाे बिशेष सभा पारित गरि प्रदेश सरकारलाई सिफारिस गरेकाे अध्यक्ष रामनिवास यादवले जानकरी गराउनु भयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *