बर्दियामा ५८ किलो चरेससहित पाँच जना पक्राउ


बाँके । बर्दिया प्रहरीले २० लाख मूल्य बराबरको ५८ किलोग्राम चरेस ५ जनालाई शनिबार पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक लक्ष्मण ओलीले चरेस लुकाएर गुलरिया ल्याउँदै गरेको अवस्थामा उनीहरूलाई गुलरिया नगरपालिकाको टाँगा स्टेसन नजिकै पक्राउ गरिएको जानकारी दिनु भयो ।
५८ किलो चरेस सहित बर्दियामा पक्राउ पर्नेहरुमा रोल्पा र रुकुम का ५ जना रहेको प्रहरी निरीक्षक ओली जानकारी दिनु भयो । चरेस सहित पक्राऊ पर्नेमा पूर्वी रुकुमका २६ वर्षीया अस्मिता रामजालीमगर, ३४ वर्षीया ठानी मगर, २७ वर्षीया जूनतारा पुन, ३४ वर्षीय रामकुमार पुन र रोल्पाका २९ खिम प्रसाद रोका रहेका छन्। पक्राऊ परेकाहरुबाट ५ थान मोबाइल सेट, ३२ हजार नगद समेत फेला परेको र उनीहरूलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बर्दियाको हिरासतमा राखिएको छ ।
लागुऔषध नियन्त्रणमा बर्दिया प्रहरीलाई अर्को सफलता प्राप्त भएको छ । ट्राफिक चेक जाँचका क्रममा शनिबार साँझ बर्दिया प्रहरीले गुलरिया बजारको भन्सार रोडमा चरेस बोकेर हिँडिरहेका ५ जनालाई पक्राउ गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *