आज तरुण दलले बाँके बन्द


बाँके । तरुण दल बाँकेले आज बाँके बन्द गरेको छ । नेपाली काँग्रेस सम्बद्ध सबै जन वर्गिय संगठनले बन्दका लागि सहयोग गरेका छन । तरुण दलका कार्यकर्ता प्रहरी पक्राउगरेको विरोधमा आज बाँके बन्द गरेको हो ।
बन्दको समयमा एमबुलेन्स लगायत अति आबश्यक सवारी साधनहरु चल्न पाउने तरुण दल बाँकेका अध्यक्ष बिरेन्द्र बहादुर शाहले जानकारी दिनु भयो । आज दिन स्कुल, कलकारखाना, गाडी, ईरिक्सा लगायत पसलहरु सबै बन्द गरिने शाहले जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *