खजुरा गाउँपालिकालाई वालमैत्री घोषणा गरिदै


बाँके । बाँकेको खजुरा गाउँपालिकालाई बालमैत्री स्थानीय शासन घोषणा गर्ने उद्देश्यले खजुरा गाउँपालिका स्तरीय बालमैत्री शासन समिति गठन गरिएको छ ।
खजुरा गाउँपालिका प्रमुख किस्मत कुमार कक्षपतिको संयोजकत्वमा गठित समितिले बालमैत्री स्थानीय शासन घोषणा गर्न नीतिगत तहबाट भूमिका खेल्ने छ । खजुरा गाउँपालिकामा रहेका ८ वटा वडामा वडा स्तरीय समिति गठनको साथै बिभिन्न ३९ सूचक पूरा गरी गाउँपालिकालाई बालमैत्री स्थानीय शासन घोषणा गरिने खजुरा गाउँपालिका अध्यक्ष किस्मत कुमार कक्षपतिले बताउनु भयो ।
उपाध्यक्ष एकमाया बिकले खजुरालाई नमूना गाउँपालिका उद्देश्य बोकेर अगाडि बढीरहेको सन्दर्भमा बालमैत्री स्थानीय शासन घोषणा गर्न सके नमूनाको एउटा सूचक पूरा बताउनु भयो । कार्यक्रममा महिला बिकास सहायक निरीक्षक सुशिला न्यौपानेले बालमैत्री स्थानीय शासन रणनीति २०६८ ले दिएको अधिकारको आधारमा बालमैत्री स्थानीय शासन समिति गठन गरिएको र सबै क्षेत्रबाट प्रतिनिधित्व गराई समितिलाई पूर्णता दिने जानकारी दिनु भयो ।
कार्यक्रममा सामाजिक बिकास बिज्ञ पूर्णचन्द्र उपाध्यायले बालमैत्री स्थानीय शासन घोषणा बिधि प्रकृया, उद्देश्य बारे सहजिकरण गरेका गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *