जानकीका जोगागाउँ र गुरुवागाउँमा शुरु भए ऐतिहासिक मेला

बाँकेको जानकी गाउँपालिकाको जोगागाउँ र गुरुवागाउँमा ऐतिहासिक मेला शुरु भएका छन् । कात्तिक शुक्ल पूर्णिमाका अवसरमा जानकी गाउँपालिका वडा नं. २ जोगागाउँ र वडा नं. ५ गुरुवा गाउँमा प्रत्येक वर्ष विशेष मेला लाग्ने गर्दछ ।

मङ्गलवारदेखि शुरु भएको मेला तीन दिनसम्म सञ्चालन हुने जानकी गाउँपालिकाका अध्यक्ष रामनिवास यादवले बताउनु भयो । गुरुवा गाउँ मेलाको उद्घाटन गर्दै अध्यक्ष यादवले यो मेलालाई आन्तरिक पर्यटन प्रवद्र्धनको रुपमा पनि गाउँपालिकाले प्राथमिकता दिने बताउनुभयो जानकी गाउँपालिका वडा नं. ५ का अध्यक्ष रमेशकुमार बर्माले गुरुवागाउँ मेला जिल्लाकै पुरानो मेला भएको बताउनुभयो ।

उहाँका अनुसार, पुराना मेलाका रुपमा चिनिएका यी मेला भर्न बाँके, बर्दिया, दाङ, सुर्खेतका विभिन्न स्थानका साथै भारतको रुपैडिहा, नानपारा, श्रावस्ती, खिरी लखिमपुरसम्मबाट मानिस आउने गर्दछन् । मेलामा राती साँस्कृतिक कार्यक्रम समेत हुने गर्दछ । ऐतिहासिक मेलाको संरक्षणको लागि आफूहरुले आवश्यक सहयोग गर्दै आएको अध्यक्ष यादवले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *