मुख्यमन्त्री पाेखरेलले श्रीे गुरु नानकको ५५१ औं जन्म जयन्तीको शुभकामना


मुुुुख्यमन्त्री शंंकर पाेेखरेेलले श्रीे गुरु नानकको ५५१ औं जन्म जयन्तीको अवसरमा समस्त स्वदेश तथा विदेशमा रहनुभएका शिख धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइहरुमा सुख,शान्ति,समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुु भएको छ ।

उहाँले नेपाल सांस्कृतिक विविधतायुक्त मुलुक हो । धार्मिक र सांस्कृतिक विविधताले रंगिएको मुलुकमा सबै धर्मको सम्मान र संस्कृतिको जगेर्ना हुने वातावरण तयार भएको छ । संघीय लोकतान्त्रिक गणतन्त्रले सबै धर्म र संस्कृतिको सम्मान र जगेर्ना गर्ने समान अवसर दिएको छ । धर्म र संस्कृति जाति र समुदाय विशेषका नभएर सबैका साझा हुँदै जानु समाजमा सद्भाव, भातृत्व र मेलमिलापको वातावरण बनाउँ भन्नू भएको छ ।

काठमाडौँंका विभिन्न स्थानमा रहेका प्राचीन गुरु नानक मठमा हस्तलिखित गुरुग्रन्थ रहेका र पूरै भारतका सबै गुरु दरबारमा दर्शनका लागि उपलब्ध हुन नसकेका हस्तलिखित गुरुग्रन्थ काठमाडाँैका मठ मन्दिरहरूमा रहनु हाम्रा लागि गौरवको विषय हो ।

मुख्यमन्त्री पाेखरेलले गुरु नानक र शिख धर्मका ऐतिहासिक धार्मिक ग्रन्थ र निधिहरूको संरक्षण गर्नु हामी सबैको दायित्व र कर्तव्य दुवै हो भन्नू भएको छ । भौतिक पूर्वाधारको विकास गरी धार्मिक पर्यटनसँग जोड्न सके यसबाट समग्र देशको आर्थिक विकासमा टेवा पुग्ने बताउनु भएको छ ।

मुख्यमन्त्री पाेखरेलले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले अल्पसंख्यक समुदायको उत्थान र विकासका लागि पनि मार्ग प्रशस्त गरेको छ । संवैधानिक रुपमै आयोगको गठन गर्ने व्यवस्था गरेर सम्मान व्यक्त गर्दै मुलुक संविधान कार्यान्वयनको दिशामा अघि बढेको छ । संविधानको व्यवहारिक कार्यान्वयन हुँदै जाँदा सबै समुदाय, वर्ग र जातिले अधिकारको उपभोग गर्दै जानेछन् ।

संविधान कार्यान्वयन गर्दै समृद्ध नेपाल सुखी नेपाली बनाउन सरकार योजनाबद्ध विकासमा अघि बढेको छ । समृद्ध नेपाल,सुखी नेपालीको लक्ष्य हासिल गर्न प्रदेश सरकार योजनाबद्ध विकासमा दृढ संकल्पित छ । त्यसका लागि हामीले समृद्ध प्रदेश खुसी जनताको अभियान अनुसार काम गरिरहेका छौं । समृद्ध प्रदेशका माध्यमवाट समृद्ध नेपाल निर्माण गर्ने महाअभियानमा यस प्रदेशका सबै राजनैतिक दल, समुदाय,संघ—संस्था र आम नागरिकमा हार्दिक अपील समेत गर्नु भएको छ ।

अन्त्यमा, गुरुनानक जन्म जयन्तीको अवसरमा सबै शिख धर्माबलम्वीमा हार्दिक शुुभकामना व्यक्त गर्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *