नेपालको भुभाग मिचेको विरोधमा बाँकेमा युवा विद्यार्थीको विरोध


बाँके । भारतले आफ्नो देशको भौगोलिक क्षेत्र भनि सार्वजनिक गरिएको नक्शामा नेपाली भु–भाग मिचेको विरोधमा आज नेपालगन्जमा युवा संघ बाँकेले विरोध कार्यक्रम गरेको छ । स्थानीय विपी चोक देखि धम्बोझी चोक सम्म निकालिएको ¥यालिमा सयौ युवा विद्यार्थीको सहभागिता रहेको थियो ।
आफ्नो सार्वभौम देश नेपालको क्षेत्रलाई आफ्नो नक्शामा पार्ने भारतीय पक्षको बल मिचाह प्रवृतिले गर्दा नागरिक स्तरमा रहेको सम्बन्ध समेत तिक्ततामा बदल्ने प्रयास भारत सरकारको रवैया गलत रहेको युवा संघ बाँकेका अध्यक्ष किशोर थापाको भनाइ रहेको छ । अध्यक्ष थापाको नेतृत्वमा रहेको विरोध सभाका हामी जस्तो सुकै बहाना र राजनीतिक अवस्थामा पनि आफ्नो भुभागको रक्षार्थ युवा विद्यार्थी एक हुने थापाको भनाइ थियो ।
युवा संघ सहित विरोध कार्यक्रममा अनेरास्ववियु र अखिल क्रान्तिकारी समेतको सहभागीता रहेको थियो । विहान ८ बजे नेपालगन्जको बिपि चोकबाट सुरु भएको बिरोध ¥याली धम्बोझी चोकमा पुगेर बिरोध सभामा परिणत भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *