मंसिर १४ का लागि कहाँबाट कति उम्मेदवार

आगामी मंसिर १४ गते हुन लागेको उपनिर्वाचनका लागि उम्मेदवारी मनोनयन सकिएको छ । निर्वाचन आयोगका अनुसार आज कास्की प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ तथा प्रदेशसभातर्फ भक्तपुर–१ (क), बागलुङ–२ (ख) र दाङ–३ को (ख) मा उम्मेदवारी मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम सम्पन्न भएको हो । आयोगले मनोनयनपत्र दर्ताका लागि आज बिहान १० बजेदेखि १ बजेसम्मको समय तोकेको थियो ।

तोकिएको समयभित्र कास्की–२ को प्रतिनिधिसभा सदस्य रिक्त पदमा नेपाल कम्प्युनिष्ट पार्टी (नेकपा) को तर्फबाट विद्या भट्टराई, नेपाली काँग्रेसबाट खेमराज पौडेल, कमल जङ्ग (स्वतन्त्र), देशभक्त समाजका वीर वहादुर विश्वकर्मा, नेपाली काँग्रेस (बीपी) का चन्द्रबहादुर रानाभाट, यज्ञप्रसाद पंगेनी (स्वतन्त्र) ले उम्मेद्वारी दर्ता गराउनु भएको छ ।

यस्तै साझा पार्टीका रजनी केसी, राष्ट्रिय जनमुक्ति पार्टीका पूर्णबहादुर राना, जमुना शर्मा (स्वतन्त्र), नेपाल कम्युनिष्ट पार्टी (माले) का टेकनाथ भण्डारी, मंगोल नेशनल अर्गनाईजेशनका रियाज गुरुङ, समाजवादी पार्टीका धर्मराज गुरुङ, लक्ष्मी कुमारी भुजेल (स्वतन्त्र), सुनिल भुसाल (स्वतन्त्र), सुनिल बहादुर कोइराला (स्वतन्त्र), उमनाथ गौतम (स्वतन्त्र), राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का श्रीमती गंगा मल्ल, दिपक रेग्मी (स्वतन्त्र), राष्ट्रिय प्रजातन्त्र पार्टीका रोम बहादुर भण्डारी, रन बहादुर दमै (स्वतन्त्र), नवराज वास्तोला (स्वतन्त्र) र पुरुषोत्तम खनाल (स्वतन्त्र) गरी २२ जना उम्मेदवारले मुख्य निर्वाचन अधिकृतको कार्यालय कास्कीमा मनोनयनपत्र दर्ता गराउनु भएको हो ।

यस्तै भक्तपुर निर्वाचन क्षेत्र नं. १ को (क) मा रिक्त प्रदेश सभा सदस्य पदमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट देबिप्रसाद ढकालसहित कृष्ण प्रसाद ह्योगो (स्वतन्त्र), जिवन नेपाली (स्वतन्त्र), कृष्णराम पोतामाहा (स्वतन्त्र), साझा पार्टीका सुरज प्रधान, अर्जून कोजु (स्वतन्त्र), उत्तम साखकर्मी (स्वतन्त्र), नेपाली काँग्रेसका कृष्णलाल भडेल, राकेश सुवाल (स्वतन्त्र), समाजवादी पार्टीका सुदर्शन मुनकर्मी, नेपाल मजदुर किसान पार्टीका निरज लवजू, राष्ट्रिय प्रजातन्त्र पार्टीका श्यामप्रसाद नेपाल, सुमना कार्की (स्वतन्त्र), जिवन चन्द्र अधिकारी (स्वतन्त्र), नेपाल कम्युनिष्ट पार्टी (माले) का सुदर्शन लामिछाने, संगिता पौडेल आचार्य (स्वतन्त्र), सुजाता देउजा (स्वतन्त्र), संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका मिङमार लामा र नेपाली काँग्रेस (बिपी) का मधुसुदन न्यौपाने गरी जम्मा १९ जना उम्मेदवारले मनोनयनपत्र दर्ता गराउनु भएको छ ।

यसैगरी बागलुङ निर्वाचन क्षेत्र नं. २ को (ख) मा रिक्त प्रदेश सभा सदस्य पदमा राप्रपा (संयुक्त) का निमबहादुर भण्डारी, समाजवादी पार्टीका अशोककुमार बिक, राष्ट्रिय जनमोर्चाका खिमबिक्रम शाही, राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेशबहादुर कुँवर, सन्तोष भण्डारी (स्वतन्त्र), संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अनिलकुमार राई, काँग्रेसका जितबहादुर शेरचन, राष्ट्रिय जनमुक्ति पार्टीका यामबहादुर आले, शेरमान घर्तिमगर (स्वतन्त्र) र मंगोल नेशनल अर्गनाईजेशनका मित्र बहादुर मगर गरी जम्मा १० जना उम्मेदवारले मनोनयनपत्र दर्ता गराउनु भएको छ ।

यस्तै दाङ निर्वाचन क्षेत्र नं. ३ को (ख) मा रिक्त प्रदेशसभा सदस्य पदमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बिमलाकुमारी खत्री, राष्ट्रिय जनमुक्ति पार्टीका धनराज विश्वकर्मा, नेपाली काँग्रेसका केशव राज शर्मा, नेपाल मजदुर किसान पार्टीका सुरेश परियार, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का छोटीलाल थारु, नेपाल कम्युनिष्ट पार्टीका हरिप्रसाद डागी,समाजवादी पार्टीका डिल्ली बहादुर डाँगी, राष्ट्रिय प्रजातन्त्र पार्टीका भूपाल रावत, मंगोल नेशनलका घनश्याम चौधरी, टिकाराम आचार्य (स्वतन्त्र), गोविन्द के.सी. (स्वतन्त्र), साझा पार्टीका शिव कुमार चौधरी, नेपाल लोकतान्त्रिकका झरेन्द्र बहादुर खत्री र नेपाली कांग्रेस (बीपी) का दिपककुमार धिताल गरी जम्मा १४ जना उम्मेदवारले मनोनयनपत्र दर्ता गराउनु भएको छ ।

कास्की, भक्तपुर, बागलुङ र दाङमा मनोनयनपत्र दर्ता गर्ने गराउने कार्य शान्तिपूर्ण एवं उल्लासमय वातावरणमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । उम्मेद्वारी मनोनयन दर्तासँगै कास्की २ सहित अन्य प्रदेशसभाका तीन ओटै निर्वाचन क्षेत्रमा चुनावी माहोल तातिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *