चप्पल फेक्ट्ररी नजिकै शब फेला पर्याे

बाँके । जानकी गाउँपालिकामा एक जनाको शब फेला परेको छ। बुधबार बिहान जानकी गाउँपालिका वडा नं. ३ स्थित खजुरा रोड चप्पल फेक्ट्ररी नजिकै सुर्खेत जिल्ला सिम्ता घर भएका ५२ बर्षका सत्यन्द्र बिसिको शब फेला परेको बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीर बहादुर वलीले बताउनु भयो ।
उहाँ अनुसार हत्या वा दुर्घटनाबाट बिसीको मृत्यु भएको त्यो कुरा पोस्टमार्तम बाट पत्ता लाग्ने बताउनुु भयो ।

सबलाई प्रहरीले जानकी गाउँपालिका वडा नम्बर ३ का अध्यक्षको रोबहरमा मुचुल्का उठाएर शबलाई पोस्टमार्तमका लागि पठाइदै गरेको  वलीले बताउनु भयो । मृतकका परिवारलाई जिल्ला प्रहरीले खबर गरेर जानकारी गराइसकेको छ।मृतक हाल धम्बोझीमा बस्दै आइरहेको प्रहरीले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *