प्रदेश ५ को राजधानी बहुसंख्यकलाई पायक पर्ने स्थानमा हुनेः अध्यक्ष दाहाल


बाँके । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले प्रदेश ५ को राजधानी बहुसंख्यक जनतालाई पायक पर्ने स्थानमा हुने भन्दै उहाँले यसबारेमा पार्टीभित्र करिब सहमति जस्तै भएको बताउनु भएको छ ।
नेकपा बाँकले विजयादशमी, तिहार, नेपाल सम्वत ११४०, छठ, ल्होसार, क्रिसमस डे र मोहम्मद डेका अवसरमा आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई मंलवार नेपालगञ्जमा सम्बोधन गर्दै उहाँले सो कुरा बताउनु भएको हो ।


अध्यक्ष दाहालले आफु सरकार र पार्टीको प्रचारक जस्तो भएको बताएका छन् । उनले पार्टी कार्यक्रममा मुलुकभर पुगेर जनताका गुनासा सुन्ने मौका पाएका बताउनु भएको छ । उहाँले विभिन्न तह र तप्काबाट प्राप्त सुझाव र गुनासोहरु प्रधानमन्त्री र पार्टीको सचिवालका बरिष्ठ नेतासँग राख्ने गरेको भन्दै आफु प्रधानमन्त्री नभएपनि आफु प्रचारक हुन पाएमा खुशी ब्यक्त गर्नु भयो ।

नेकपा बाँकेका अध्यक्ष आईपी खरेलको अध्यक्षतामा भएको कार्यक्रममा संविधानसभाका अध्यक्षसमेत रहेकी नेकपा प्रदेश ५ कमिटि अध्यक्ष ओनसरी घर्ती, सचिव जगप्रसाद शर्मा, नेकपा बाँके इन्चार्ज दिनेशचन्द्र यादव, नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवलशम्शेर राणा, नेपाली काँग्रेस बाँकेका सभापती किरण कोइरालालगायतले शुभकामना दिँदै चियापान कार्यक्रमले सहमतिको राजनीतिलाई जोड दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *