जानकी गाउँपालिकाको केन्द्र वडा नं. ३ मानपुरमा राख्ने निर्णय

बाँके । जानकी गाउँपालिकाको छैटौ विशेष गाउँ सभाले गाउँपालिकाको केन्द्र मानपुरमा स्थापना गर्ने सर्वसम्मत रुपमा निर्णय गरेको छ ।आज मंगलबार बसेको विशेष सभाले सो निर्णय गरेको हो । यस भन्दा पहिले पनि गाउँपालिकाको केन्द्र जानकी गाउँपालिका वडा नं. ३ मानपुरमा स्थापना गर्ने निर्णय गरेको थियो । गाउँपालिका क्षेत्रमा सबैको पाएक पर्ने स्थान भएको र सुरक्षाका हिसावले पनि उपयुक्त रहेकोले त्यस स्थानमा गाउँपालिकाको कार्यालय स्थापना गर्न लागिएको गाउँपालिकाका अध्यक्ष रामनिवास यादवले बताउनु भयो ।

विशेष सभामा अध्यक्ष यादवले गाउँपालिकाको केन्द्र स्थापनाका लागि राखेको प्रस्तावमा सभाका सबै सदस्यले सर्व सम्मत रुपमा पास गरेका थिए । पारित प्रस्ताव प्रदेश नं. ५ सरकार समक्ष पठाउने समेत निर्णय गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *