नेकपाका अध्यक्ष प्रचण्ड आज नेपालगन्ज आउदै


बाँके । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज गते नेपालगन्ज आउनु हुने भएको छ । नेकपा बाँके जिल्ला संगठन कमिटि विभिन्न पर्वहरुको अवसरमा आयोजना गरेको चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रमलाई संबोधन गर्न अध्यक्ष दाहाल आउन लाग्नु भएकोे जिल्ला अध्यक्ष आइ पी खरेलले जानकारी दिनु भएको छ ।

कार्यक्रममा पार्टीका महासचिव विष्णु पौडेल समेत आउनु अध्यक्ष खरेलले जानकारी दिनु भयो । नेकपा बाँके आज १ बजे पार्टी जिल्ला कार्यालयमा सो कार्यक्रमको आयोजना गर्ने भएको छ । चियापान कार्यक्रममा पार्टीका स्थानीय नेता, कार्यकर्ता, जनप्रतिनिधि र विभिन्न पेशा व्यवसायका व्यक्तिको उपस्थिति र सहभागितामा कार्यक्रम गर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *