तरुण दलका नगर सभापति पेस्तोल सहित पक्राउ

बाँके । ईलाका प्रहरी कार्यालय कोहलपुर बाँकेले पेस्तोलसहित नेपाल तरुण दल नेपालगन्जका सभापतिलाई पक्राउ गरेको छ।

पेस्तोलसहित पक्राउ पर्नेमा नेपालगन्ज १३ का ३२ वर्षिय सन्दीपजंग शाह रहेको कोहलपुरका प्रहरी प्रमुख डिएसपी हेम बहादुर शाहीले बताए। डिएसपी शाहीका अनुसार सभापति शाहको बा १८ च ४२११ नम्बरको कारबाट प्रहरीले एक थान अमेरिकन अटोमेटिक पेस्तोलसहित एउटा लोडेड म्यागेजिन बरामद गरेको हो। उनलाई नेपालगन्जको मनिकापुरमा रहेको नमस्ते भिलेज रिसोर्टबाट बिहीबार साँझ ८ः३० बजे नियन्त्रणमा लिइएको शाहीले बताए ।

त्यस्तै अनुसन्धानका लागि कोहलपुर प्रहरीले अन्य थप ५ जनालाई नियन्त्रणमा लिएको छ। डिएसपी शाहीका अनुसार नियन्त्रणमा लिइएकाहरुमा ४० वर्षको दिनेशकुमारी शाही, ५४ वर्षको राघव शाह, ३५ वर्षको पृतम थापा र ३५ बर्षको माधव नेपाली, यामबहादुर बुढा मगर ।

उनीहरुलाइ हातहतियार तथा खरखजानाको मुद्दा चलाइने डिएसपी शाहीले बताए। शाहलाई बिहिवार राती साढे ८ बजे पक्राउ गरिएको हो।बागेश्वरी पोष्टबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *