बाँकेमा भव्य रुपमा नेपाल संवत् मनाइयो


बाँके । शहरी विकास मन्त्री मोहमद इस्तियाक राईले त्रिभुवन चोकमा फेरि पनि त्रिभुवनको शालिक राख्न सम्भव नभएको बताउनु भएको छ । त्रिभुवन चोकमा रातारात डोजर लगाएर भत्काउने प्रयास गलत भएको जिकिर गर्नु भयो ।
नेवाः पुचः नेपालगन्जका अध्यक्ष नन्दकला श्रेष्ठको अध्यक्षतामा नेपाल संवत्को अवसरमा आयोजना गरिएको शुभकामना आदान प्रदान कार्यक्रममा प्रदेश सभा सदस्य तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा), बाँके अध्यक्ष इन्द्रप्रसाद (आइपी) खरेलले राष्ट्रिय विभूति शंखधर साख्वाको नाममा चोक नामाकरणमा विरोध आउन नहुने धारणा राख्नु भयो । उहाँले सवैको सहमति अनुसार आदर्शनगर चोकलाई शंखधर साख्वा चोक नामाकरण गर्न सुझाव दिनु भयो । चोक र शालिक स्थापनाका लागि संघीय सहरी विकास मन्त्री राईले सहयोग गर्नुपर्ने धारणा राख्दै उहाँले सकारात्मक सोँचका साथ विकासमा लाग्न आग्रह गर्नु भयो
नेवाः देय दबु, बाँकेका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले कारकाँदो चोकलाई शंखधर साख्वा चोक नामकारण गर्दा विभिन्न समुदायबाट विरोध आएको बताउनु भयो । उहाँले नेपालगन्ज उपमहानगरपालिकाले सहमति दिए पनि सडक ऐनका कारण चोकमा शालिक निर्माण गर्न नसकेको स्पष्ट पार्नु भयो ।
बाँकेका नेवार समुदायले नेपालगन्जमा मोटरसाइकल ¥याली निकालेका थिए। कारकाँदो चोकबाट सुरु भएको रयाली धम्बोझीचोक, घरबारी टोल, पुरानो सिनेमा रोड, गगनगन्ज, त्रिभुवन चोक, सदरलाइन, भेरी अस्पताल हुँदै आदर्शनगर चोकमा पुगेर सभामा परिणत भएको थियो। सो अवसरमा महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका प्राध्यापक मुना श्रेष्ठलाई कदर पत्रले सम्मान गरिएको थियो। कार्यक्रममा अंग्रेजी विषयमा विद्यावारिधि गरेकी नेवारी समुदायमा र्पुयाएको योगदानको कदर गरी सम्मान गरिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *