जुवाखलाबाट ३ लाख ३९ हजार सहित ९ जना पक्राउ


बाँके । बाँकेको कोहलपुरमा साढे तीन लाख नगदसहित बाँकेमा ९ जुवाडे पक्राउ परेका छन् । तीन लाख ३९ हजार चार सय ५० रुपैयाँसहित आइतवार राती कोहलपुरबाट जुवाडेहरु पक्राउ परेका हुन् ।
कोहलपुर नगरपालिका–११ स्थित कोहलपुर डेन्टलको माथिल्लो तलामा जुवा खेलिरहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरबाट गएको टोलीले नगदसहित ९ जना जुवाडेलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिनु भयो ।
नेपालगञ्ज उपमहानगरपालिका ६ का २५ बर्षीय मेघनाथ कुसबधिया, कोहलपुर ११ का विवेक श्रेष्ठ, उमेश शाही, महेन्द्र बुढा, कोहलपुर ३ का अञ्जन शाही, तुर्माखाद गाउँपालिका ५, अछामका निरक शाही, कोहलपुर १० का खिल्पु शाही, सोही ठाउँका द्रोणराज पुरी र नेपालगञ्ज १ का गणेश शर्मा पक्राउ परेको बताउनु भयो । उनीहरुमाथि जुवातास ऐनअन्तर्गत मुद्दा चलाइने प्रहरी नायव उपरीक्षक शाहीले जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *