नेपाल सम्वत, परम्परा र मौलिकतासँग गाँसिएको छः मुख्यमन्त्री पोखरेले

मुख्यमन्त्री शंकर पोखरेलले नेपाल सम्वत नेपाली परम्परा र मौलिकतासँग गाँसिएको सम्बत भएको बताउनु भएको छ  । मुख्यमन्त्री पोखरेलले प्रेस व्यत्तव्य मार्फत शंखधर साँख्वाले गरिबको ऋणमोचन गरेका कारण शुरु भएको मानिने नेपाल सम्वतले सामाजिक विभेदको अन्त्य, समानताको स्थापना र विपन्नहरुको सम्मानमा सधंै महत्व रहेको बताउनु भएको छ । साँख्वाले गरेको योगदानको सम्झनाले नेपाली समाजमा परोपकारी भावना फैलाउन मद्दत गरेको छ । नेपाल सम्बतका प्रवर्तक शंखधर साँख्वालाई राष्ट्रिय विभूतिको रुपमा सम्मान दिनु महत्वपूर्ण काम भएको बताउनु भएको छ ।

मुख्यमन्त्री पोखरेलले ऐतिहासिक संविधानसभावाट नयाँ संविधान घोषणा भएपछि अहिले मुलुक नयाँ युगमा प्रवेश गरेको छ । तीन तहको चुनाव सम्पन्न भई जनादेश अनुसारको सरकार गठन भई संविधान कार्यान्वयनको दिशामा मुलुक सफलतापूर्वक अघि बढिरहेको बताउनु भएको छ । संवैधानिक व्यवस्था अनुसार व्यवहारिक रुपमा संघीयताको पूर्णतः कार्यान्वयन गरी नागरिकका अपेक्षा पूरा गर्न दृढसंकल्पित छौं भन्नु भएको छ ।

मुख्यमन्त्री पोखरेलले मुलुकबाट अव छिटो भन्दा छिटो रोग, भोक, अशिक्षा र बेरोजगारी अन्त्य गर्दै  समृद्ध र समतामुलक समाज निर्माण गर्ने अभियानमा हामी जुटिरहेका छांै । समृद्ध प्रदेशका माध्यमवाट समृद्ध नेपाल निर्माण गर्ने महाअभियानमा यस प्रदेशका सबै राजनैतिक दल, समुदाय,संघ संस्था र आम नागरिकमा हार्दिक अपील गर्दछु भनिएको छ । नेपाल सम्वतको अवसरमा पुनः सबैमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको हार्दिक शुमकामना  व्यक्त गर्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *