सहयोग गरौं, सभ्य र सुसंस्कृत समाज निर्माणमा अघि बढौंः मुख्यमन्त्री पोखरेल


मुख्यमन्त्री शंकर पोखरेलले दिपावली अर्थात तिहार पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका समस्त नेपाली दिदीबहिनी, दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नु भएको छ ।

मुख्यमन्त्री पोखरेलले चाडपर्वले पारिवारिक मिलन र सामाजिक सद्भावका लागि चाडपर्वले महत्वपूर्ण भूमिका खेल्दै आएका आज प्रेषित विज्ञप्ती मार्फत शुभकामना संदेश व्यक्त गर्नु भएको छ । चाडपर्वले सद्भाव, भातृत्व र मेलमिलाप बढाउँदै एकताको सुत्रमा बाँधेर समाजलाई गतिशिल बनाउने विश्वास व्यक्त गर्नु भएको छ । तिहारले पनि पारिवारिक मिलन र सामाजिक सद्भाव बढाउन महत्वपूर्ण भूमिका खेल्दै आएको छ । तिहारको मौलिकता जोगाउँदै अघि बढ्न सक्दा यसको सांस्कृतिक महत्व उजागर हुन्छ । सबैले सहयोग गरौं, सभ्य र सुसंस्कृत समाज निर्माणका लागि एकताबद्ध भई अघि बढौं । तडकभडकपूर्ण नभई तिहार पर्व मौलिक पहिचान जोगाउँदै पारिवारिक मिलन र सामाजिक सद्भावका रुपमा मनाउन म समस्त प्रदेशवासीमा अपील गर्नु भएको छ ।

समृद्ध नेपाल,सुखी नेपालीको लक्ष्यमा पुग्न प्रदेश सरकार योजनाबद्ध विकासमा संकल्पित छ । त्यसका लागि हामीले समृद्ध प्रदेश खुसी जनताको लक्ष्य अघि सारेका छौ । यो लक्ष्यलाई साकार पार्न सबै एकताबद्ध भई अघि बढ्न आवश्यक छ समृद्ध प्रदेशका माध्यमवाट समृद्ध राष्ट्र निर्माण गर्ने महाअभियानमा यस प्रदेशका सबै राजनैतिक दल, समुदाय,संघ संस्था र आम नागरिकमा हार्दिक अपील गर्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *