राष्ट्रिय जनगणना २०७८ मा शिक्षक नखटाइने भएको छ । केन्द्रीय तथ्यांक विभागले आइतबार पत्रकार सम्मेलन गरी सबैको सुझावअनुसार जनगणनामा शिक्षकहरुलाई नखटाउने निर्णय गरिएको जनाएको हो ।
‘शैक्षिक क्यालेन्डर नबिग्रियोस् भनेर सबैतिरबाट सुझाव आयो,’ विभागका जनसंख्या निर्देशक डुण्डीराज लामिछानेले दिनुभयो , ‘अब गणक, सुपरीवेक्षकमा बेरोजगार युवालाई भर्ना गरिनेछ ।’
गणक र सुपरीवेक्षकबाहेक अन्य जनशक्ति भने भने सरकारी कर्मचारी नै हुनेछन् । सबै गरेर जनगणनामा ५४ हजार ४ सय १३ जना खटिने जनसंख्या निर्देशक लामिछानेले जानकारी दिनुभयो । । जिल्लास्तरमा चाहिने गणक जिल्लाकै तथ्यांक कार्यालयले भर्ना गर्नेछ ।
२०७८ जेठ २८ गतेदेखि १५ दिनसम्म गणकहरु देशका सबै घरमा खटिएका जनगणना गर्नेछन् । तथ्यांक विभागले राष्ट्रिय जनगणना २०७८ को लोगो र नारा पनि सार्वजनिक गरेको छ ।