द ग्यालेक्सी दरबारमा केएफसीको झल्को दिने गरी जिकेएफसीको सुभारम्भ


बाँके । नेपालगन्जको चर्चित होटल होटल द ग्यालेक्सी दरबार प्रा.लिले जिकेएफसी रेष्टुरेन्टको सुरुआत गरेको छ । विश्वकै चर्चित ब्रान्ड केएफसीको स्वादको झल्को दिने गरी नेपालगन्जमा पहिलो पटक जिकेएफसीको सुरुआत गरिएको होटल द ग्यालेक्सी दरबार प्रा.लिका अध्यक्ष तेज प्रसाद रेग्मीले बताउनु भयो ।
सोमबार प्रदेश नम्बर ५ सभासद कृष्णा केसी ‘नमुना’ र नेपालगन्ज उपमहानगरपालिका मेयर डा. धवल शमसेर राणाले संयुक्त रुपमा जिकेएफसी रेष्टुरेन्टको रिवन काटेर सुरुआत गर्नु भयो । करिब २ करोड लगानमा संचालनमा आएको रेष्टुरेन्टमा अमेरिकन प्रविधिको प्रयोग गरिएको छ ।
नेपालगन्जका उपभोक्ता र पश्चिम नेपाल गुम्न आउने पर्यटकलाई जिकेएफसीले नयाँ र गुणस्तरीय स्वादमा सेवा उपलब्ध गराउने लक्ष्य सहित जिकेएफसीको सुरुआत गरिएको होटल द ग्यालेक्सी दरबार प्रा.लिका अध्यक्ष तेज प्रसाद रेग्मीले बताउनु भयो ।
मेयर डा.धवल शम्शेर राणाले जिकेएफसीको सुरुआतले नेपालगन्जलाई महानगरपालिका बनाउने सपनामा सहयोग पुगेको बताउनु भयो । उहाँले भन्नु भयो, ‘नेपालगन्जमा जति नयाँ सेवा र सुविधाहरु थपिन्छन । त्यसले सहरको गरिमा बढाउँछ । एउटा समृद्ध सहर हुने सुविधा नेपालगन्जमा सुरुआत भएको छ । यसमा नगरबासीले खुसी मान्नु पर्छ । यसले आफनो गुणस्तरीय सेवा दिएर ग्राहकको मन जित्न सकोस शुभकामना ।’
अध्यक्ष रेग्मील नेपालगन्जमा मासुका पारखीहरुलाई लक्षित गर्दै रेष्टुरेन्ट सन्चालनमा ल्याएकोे वताउदै अन्तराष्ट्रियस्तरको केएफसी व्रान्डका सवै परीकार अव नेपालगन्जमै उपलव्ध हुने वताउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *