राष्ट्रपति भण्डारी पाँच दिने राजकीय भ्रमणमा म्यानमार जाँदै


बाँके । राष्ट्रपति विद्यादेवी भण्डारी २९ गते म्यानमारको राजकीय भ्रमणमा जान लाग्नु भएको छ । राष्ट्रपति भण्डारी म्यानमारका समकक्षी विन माइन्टको निमयन्त्रणमा पाँच दिने भ्रमणमा जान लाग्नु भएको हो ।उहाँले राष्ट्रपति विन्ट र स्टेट काउन्सिलर आङ साङ सुचीसँग आपसी हित तथा द्वीपक्षीय सम्बन्ब्धबारे कुराकानी गर्नुहुनेछ ।
भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले नेपाली मूलका म्यानमारका नागरिकहरुसँग पायन यु लायनमा पनि भेट्ने कार्यक्रम रहेको छ । उहाँले यंगुनको ऐतिहासिक स्थानहरुको समेत भ्रमण गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रपति भण्डारीको भ्रमण दलमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसमेत सहभागी रहनु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *