राष्ट्रपति सीलाई समकक्षी विद्यादेवी भण्डारीले स्वागत, सीको कार्यतालिका

चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल आइपुग्नुभएको छ । राष्ट्रपति सीलाई समकक्षी विद्यादेवी भण्डारीले स्वागत गर्नुभएको छ । सी नेपाली समयअनुसार ४ः३५मा नेपाल आउनुभएको हो ।

सीलाई स्वागत गर्न उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी ओली र अन्य मन्त्रीहरु त्रिभुवन विमानस्थल पुग्नुभएको छ ।

राष्ट्रपति सी भारतको चेन्नाईबाट नेपाल आउनुभएको हो । सी भोलि फर्किने कार्यक्रम छ ।

यस्तो छ राष्ट्रपति सीको कार्यतालिका

शनिबार
५ः०० बजे
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण
राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा स्वागत
विमानस्थलमै सैनिक सलामी अर्पण
सोल्टी होटल प्रस्थान

६ बजे
राष्ट्रपति भवन शीतलनिवास प्रस्थान ।

६ः३० बजे
राष्ट्रपतिद्वयबीच भेट र भेटपछि सोल्टी होटल फिर्ता ।

७ः१५ बजे
प्रमुख विपक्षी दलका नेता एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग भेट

७ः३० बजे
राजकीय भोजमा सहभागी, सुरसुधा ब्याण्डद्वारा साङ्गीतिक प्रस्तुति ।

आइतबार
१०ः३० बजे
नेकपा अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता

११ः३० बजे
प्रधानमन्त्री केपी ओलीसँग भेट र द्विपक्षीय सम्झौता ।

१ः०० बजे
स्वदेश फिर्ता

Leave a Reply

Your email address will not be published. Required fields are marked *