चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल आइपुग्नु भएको छ


बाँके ।  चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल आइपुग्नु भएको छ । राष्ट्रपति सी नेपाली समयअनुसार ४ः१० मा नेपाल आइपुग्नु भएको हो ।
त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा सीलाई समकक्षी विद्यादेवी भण्डारीले स्वागत गर्नु भएको छ । यस्तै सीलाई स्वागत गर्न उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीहरु विमानस्थल पुग्नु भएको छ ।

राष्ट्रपति सी भारतको चेन्नई अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट नेपाली समयाअनुसार २ः०३ मिनेटमा नेपाल प्रस्थान गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *