मुख्यमन्त्री पाेखरेलले विजया दशमी शुभकामना व्यक्त

बाँके । मुख्यमन्त्री शंकर पाेखरेले विजया दशमीको शुभकामना सन्देश नेपालीहरुको महान पर्व विजया दशमीको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका समस्त नेपाली दाजुभाइ दिदीबहिनीहरुमा सुख, शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नु भएको छ । दशैं नेपालीहरुको मौलिक पर्व हो । सबै जातजाति र समुदायले आ—आफ्नै ढंगले दशैं मनाउँदै आएको पाइन्छ । दशैं पारिवारिक मेलमिलाप, भातृत्व र स्नेहको पर्व हो ।

रोजगारी, अध्ययन र अरु अवसरको खोजीमा शहर र विदेश गएकाहरु दशैंर्मा घर फर्केर परिवारसंग रमाईलो गर्नुले यो पारिवारिक मेलमिलाप र भातृत्वको पर्व हो । नेपाली समाजमा हरेक सांस्कृतिक पर्वहरुले सद्भाव, भातृत्व र मेलमिलाप बढाउन भूमिका खेल्दै आएका छन् । अझ दशैं नेपालीहरुको सबैभन्दा ठूलो चाड भएकाले सद्भाव, मेलमिलाप र भातृत्व बढाउन महत्वपूर्ण भूमिका रहन्छ । व्यक्ति, परिवार र समाजलाई जोड्ने मौलिक पर्व दशैंलाई विकृति र तडकभडकबाट टाढै राखेर मनाउन सक्दा यसको मौलिकता जोगिन्छ नै, समाज अझै एकताको सुत्रमा बाँधिन्छ ।

समाज एकताबद्ध हुँदा मुलुकको सार्वभौमसत्ता र अखण्डता बलियो हुन्छ । दलहरुको अगुवाईमा समाजको एकताबद्ध प्रयासले जनतालाई रैतीबाट नागरिक बनाएको संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत र बलियो हुँदै जान्छ । ऐतिहासिक संविधानसभावाट नयाँ संविधान जारी भएपछि यतिवेला हामी संघीय लोकतान्त्रिक गणतन्त्रको व्यवहारिक कार्यान्वयन गर्दै अघि बढेका छौ भन्नू भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *