नेपालगन्जकाे विकासका लागि प्रदेश सरकारकाे सहयोग छ: मुख्यमन्त्री पाेखरेल

बाँके । मुख्यमन्त्री शंकर पोखरेलले नेपालगञ्जको विकासमा प्रदेश सरकारले विशेष चासो दिएको बताउनु भएको छ । नेपालगञ्जमा आज नवनिर्मित बसपार्कको  उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले प्रदेश ५ को औद्यौगिक शहरका रुपमा नेपालगञ्जलाई विकास गर्न प्रदेश सरकार लागि परेको बताउनुभयो । ‘केही सरकारी कार्यालयहरु विस्थापन हुँदैमा नेपालगञ्जको विकासको गति रोकिदैन, नेपालगञ्ज विकासको प्रक्रियामा गईसकेको छ ।

कार्यालयका कारणमात्रै शहरको विकास हुुुुुदैन, शहरका कारण पनि सरकारी कार्यालयको उपस्थिति हुने गर्दछ नेपालगञ्ज त्यस्तै शहरमा पर्दछ ।’ उहाँले प्रदेश राजधानी नभएका कारण र क्षेत्रीय स्तरका केही कार्यालय स्तथानान्तरण भएकै कारण नेपालगञ्जको विकास रोकियो भन्नु मनोगत टिप्पणी हुने धारणा व्यक्त गर्नुभयो । उहाँले नेपालगञ्ज विकास प्रक्रियामा प्रवेश गरेपनि केही विकास भएको छैन भनेर नकारात्मक टिप्पणी र आलोचना गर्नु गलत हुने उल्लेख गर्नुभयो ।

प्रदेश सरकारले विकासकाे गति समातेको दावी गर्दै मुख्यमन्त्री पोखरेलले निराशावादी मनोवृत्तिले समाजलाई बदल्न नसकिने उल्लेख गर्दै भन्नुभयो,‘ यो नीति समाजमा नेतृत्वगर्ने नीति होईन । यसले काम गर्नेलाई पनि दुरुत्साहन पैदा गर्ने स्थित मात्रै सृजना गर्छ । यो विकासका सन्दर्भमा राम्रो कुरा होईन त्यस सन्दर्भमा हाम्रो समाजलाई सकारात्मक अवस्थामा बदल्नु पर्दछ ।’ प्रदेश ५ सातवटै प्रदेशमध्ये कानून र योजना बनाउने सवालमा अग्रणी रहेको उल्लेख गर्दै उहाँले कुल ग्राह्स्थ वृद्धि दरका हिसावले नेपालमा प्रदेश ५ सबैभन्दा माथि रहेको दावी गर्नुभयो ।

प्रदेश ५ को कुल ग्राहस्थ उत्पादनको वृद्धिदर ७ दशमलव ७ छ यो उच्चतम वृद्धि द्धर हो सबै मिलेर अघि बढ्यौ भने हामी उदाहरणीय बन्न सक्छ । ’ उहाँले नेपालगञ्जमा काठमाडौ पछिकै आधुनिक र भव्य संरचनासहितको बसपार्क सञ्चालनमा आएकोमा खुशी व्यक्त गर्दै यसको संरक्षण र सम्वद्र्धनमा कमी हुन नदिन उपमहानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणालाई आग्रह गर्नुभयो ।

मुख्यमन्त्री पोखरेलले आजै उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको नगरबसको समेत औपचारिक रुपमा उद्घाटन गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *