मुगुको सोरु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई विप्लव समूह कार्यकर्ताको कुटपिट

बाँके । मुगुको सोरु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई विप्लव समूह कार्यकर्ताको कुटपिट गरी घाइते बनाएका छन । सदरमुकाम गमगढीबाट कार्यक्षेत्र जाँदै गर्दा विप्लव समूहका कार्यकर्ताको कुटपिटबाट उहाँ घाइते हुनु भएको हो ।

सुर्खेतको चिनगाड १ स्थायी घर भएका सोरु गाउँपालिकाका अधिकृत ३५ वर्षीय परशुराम उपाध्य सोमबार बिहान नौ जनाको समूहमा आएका कार्यकर्ताले कुटपिट गर्दा घटनास्थलमै बेहोस हुनु भएको थियो । उपाध्यको टाउको र शरीरमा गहिरो चोट लागेको छ । उहाँलाई बचाउन जाँदा आफूलाई पनि मास्क लगाएका दुईजनाले कुटपिट गरेको सोही गाउँपालिकाका कृषि शाखा प्राविधिक रतनलाल साहनीले जानकारी दिनु भयो

उपाध्यको जिल्ला अस्पतालमा प्राथमिक उपचार गरिएको छ । उहाँको टाउकोमा ११ वटा टाँका लागेका छन् । थप उपचारका लागि नेपालगञ्ज रिर्फर गरिएको जिल्ला अस्पतालले जानकारी दिएको छ ।

पक्राउ गर्न प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी भुवनेश्वर शाहले बताउनु भयो । उपचारका लागि गृह मन्त्रालयसँग समन्वय गरी हेलिकप्टरबाट नेपालगञ्ज लैजाने तयारी भइरहेको शाहले बताउनु ।अन्नपूर्णपोष्टबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *