पार्टी र सरकार विकास जुट्नु पर्दछः मुख्यमन्त्री पोखरेल

बाँके । मुख्यमन्त्री शंकर पोखरेलले विकासमा पार्टी र सरकार जोडिनुपर्ने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाङले आयोजना गरेको जनप्रतिनिधि र पार्टीबीचको अन्तक्रिया कार्याक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

पार्टीका प्रदेश ईञ्चार्ज समेत रहनुभएका पोखरेलले अहिले नेकपाको दुईतिहाईको सरकार भएकाले सरकारका बिकास निर्माणका कामलाई जनतामाझ लैजानले पार्टीले समेत भूमिका खेल्नुपर्ने बताउनुभयो ।

उहाँले जनताको मन जित्नेगरी काम गर्न जनप्रतिनिधीलाई निर्देशनसमेत दिनुभयो। मुख्यमन्त्री पोखरेलले कतिपय ठाउँमा स्थानीय तहका प्रमुख र उपप्रमुख बिच मनमुनाव भएको सुन्नमा आएको भन्दै मनमुटाव त्यागेर जनताको म्यान्डेट अनुसार काम गर्न सुझाव दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *