२० वर्ष भन्दा बढीको ध्यान राखेर विकास पूर्वाधार निर्माण गराैं: मुख्यमन्त्री

बाँके । मुख्यमन्त्री शंकर पोखरेलले अहिले विकासका योजना बनाउँदा र कार्यान्वयन गर्दा कम्तिमा २० वर्षपछिको अवस्थालाई ख्याल गरेर बनाउनुपर्ने बताउनुभएको छ ।
दाङको घोराही उपमहानगरपालिकाले आयोजना गरेको नगरको दीर्घकालीन सोंच तथा रणनैतिक योजना निर्माण कार्यशाला गोष्ठीको उद्घाटन गर्दै उहाँले अहिले योजना बनाउँदा चार वर्षपछिको अवस्थाको पनि आकलन गर्न नसक्ने गरी बनाइने गरेको र त्यस्तो अवस्थाको अन्त्य हुनुपर्ने बताउनुभयो । धेरै पछिको अवस्थालाई सम्झेर योजना बनाउने र त्यही अनुसार विकासका काम अघि बढाउँदा व्यवस्थित शहरीकरण हुने उहाँले बताउनुभयो ।
उहाँले कार्यालय, आवास र व्यापार क्षेत्र गरी छुट्टयाएर व्यवस्थित शहरीकररण गर्न सक्नुपर्ने बताउनुभयो । उहाँले घोराही उपमहानगरपालिकाले जलाशय बनाएर उदाहरणीय काम गरेको र यो अरु स्थानीय तहका लागि पनि अनुकरणीय रहेको बताउनुभयो । महाभारत क्षेत्रबाट बग्ने खोलाहरुमा अहिले बनाएका भन्दा ठूला खालका जलाशय बनाउने गरी योजना बनाउनुस्, बजेटको समस्या पर्दैन्—उहाँले भन्नुभयो ।
उहाँले समृद्धिका लागि प्रष्ट खाका तयार गरी अघि बढेको बताउनुभयो । मुख्यमन्त्री पोखरेलले कृषिको व्यवसायीकरण गर्ने, उद्योगबाट रोजगारीको श्रृजना गर्ने र पर्यटनबाट जनताको जीवनस्तर माथि उठाउन सकिने गरी योजनाबद्ध ढंगले काम अघि बढाएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *